×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा ५१ लाख जरिवाना तोकिएका फरार बिनोद थापा पक्राउ

GLOBAL IME BANK
SHREE KESH

बैंकिङ कसुरमा ५१ लाख जरिवाना तोकिएका फरार बिनोद थापा पक्राउ

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नुवाकोट लिखु गाउँपालिका–४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने बिनोद थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले बैंक खातामा पर्याप्त मौज्दात रकम नभए पनि चेक दिएका थिए । सो मुद्दामा उच्च अदालत पाटनले मंसिर ७ गते उनलाई ५१ लाख जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: