काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी कारोबार पछिल्लो समय बढ्दै गरिरहेको पाइएको छ । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा पुन: एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट–२ का ३० वर्षीय रवीन्द्र अधिकारी रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालले विशेष सूचनाको आधारमा न्युरोडस्थित गुच्चा टोलबाट उनलाई फेला पारी अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको तथ्य फेला परेको थियो । उनले मोबाइलबाट ०.२८६६ बराबरको बिटक्वाइन कारोबार गरेको रेकर्ड भेटिएको बताए । जसको नेपाली मूल्य १३ लाख रुपैयाँ पर्न आउँछ ।
तीन महिनामा उनको कारोबार एक करोड ४८ लाख ४४ हजार रुपैयाँ देखिएको पालले बताए । उनिमाथि थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकुलाई बुझाइएको छ । केहि समय अघि सोहि कारोबारमा संलग्न कैलालीका दिनेश खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो भने उनका परिवार ३ जना र अन्य १ जनाको बैंक खातामा क्रिप्टोकरेन्सी कारोबारगरे वापतको रकम फेला परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्