काठमाडौँ । बृहत् कम्पनीको रिब्रान्डिङबाट गुज्रिएको केही सातापछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले २०२२को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ। यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरु ६०% सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको सामान केवल रु १मा जित्ने मौका रहेको छ। यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १,२२,००० मूल्य श्री बालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन्।
अभियानको मुख्य सन्देशलाई थप फैलाउने प्रयासमा दराजले नेपालका प्रमुख प्रभावशाली व्यक्तिहरूसँग हात मिलाएर सञ्चारको एउटा महत्त्वपूर्ण सञ्जाल गठन गरेको छ। त्यसैगरी, विज्ञापन, सामाजिक सञ्जाल, प्रभावकारिता, ब्लगर÷भ्लगर, आउट अफ होम ब्रान्डिङ, ब्रान्ड पार्टनर, भुक्तानी साझेदार र प्रवर्द्धन साझेदारहरू समावेश गर्दै अभियानको प्रचार पनि नेपालभर विस्तार गरेको कम्पनीले जनाएको छ।
अभियानको अवधिभर ग्राहकहरूले एपल, रियलमि, बियर्डो, रोटो, ए एन एक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कड़ेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६०% सम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकहरूले “ह्यान्ड पिक्ड गिफ्ट्स“ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन्।
यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरू मार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ। मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १५% (अधिकतम रु. ७५०) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्नेछन्।
साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मद्दे कुनै एक पुरस्कार जित्नको लागि भाग लिन सक्नेछन् ः साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन। भाग लिनको लागि ग्राहकहरुले अनलाइन प्रीपेमेन्टको मध्यमबाट रु १ प्रीपे गर्नु पर्नेछ। यदि नजितेमा पूर्ण रकम फिर्ता हुनेछ।
दराज प्रयोगकर्ताहरुलाई सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व मालभिका सुब्बाका साथै अन्य चर्चित सेलिब्रेटीहरू साथ दराजले माघ २३ (फेब्रुअरी ६ ) मा दराज एपमा गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ।
कम्पनीका अनुसार सेलिब्रेट लभ दराजका अन्य क्याम्पेनहरू भन्दा अलि फरक छ । यो एक अभियान मात्र नभई हामीले हाम्रो परिवार, साथीहरू, प्रियजनहरू र हामीले प्रिय ठानेका चीजहरूसँग बाँड्ने प्रेमको कदर गर्न हामी सबैको लागि यो एउटा नम्र अनुस्मारक हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्