भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा अहिलेसम्मकै ठूलो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित बिभुति घरमा सञ्चालनमा ल्याएको कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोरको युवा व्यवसायी एवं जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गरे ।
युवा व्यवसायीद्धय गोकूल वन र राजु सुवालको रु. एक करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने उनले बताए । कम्पनीका सञ्चालक वनले भने “काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरि १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ, भक्तपुरबाट हामीले डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेका छौँ कूल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा बिस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने हाम्रो उदेश्य हो ।”
कम्पनीका अर्का सञ्चालन राजु सुवालले उपभोक्तालाई दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा सस्तो, सुलभ र सहज रुपमा उपलब्ध गराउने उदेश्यले डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको बताए । उपत्यकाका बिभिन्न ठाउँमा शाखा खोलेर आम उपभोक्तालाई सेवा दिने लक्ष्य रहेकाले ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ आम उपभोक्ताको मनमनमा बस्ने गरि सेवा दिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्