काठमाडौं । हाइटेक इन्जिनियरिङ प्रा.लिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ। आइतबार काठमाडौंको शुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउनेगरी स्टोरको सुरुवात गरेको हो । कम्पनीले यसअघि बालुवाटारमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी बिराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन्।सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिड १९ को कारण केहि ढिलोगरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन्।
काठमाडौं वाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए । कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्राण्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ। नेपाली ब्राण्डको रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आइटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन्। यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ। डिजिस्टोरमा डिजिकम वाहेक अन्य ब्राण्डहरु प्रडक्ट, मोवाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौं प्रडक्टहरु उपलब्ध रहेका छन्।
यसैगरी कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ। डिजिटल र अन्य प्रडक्टहरुसहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँँ सामान किन्नमात्रै नभएर वास्तविकरुपमा प्रविधिका नयाँ प्रडक्टहरुबारे अपडेट पनि लिन सकिन्छ। स्टोरका सामानहरु डिजिस्टोर डटकम डटएनपी मार्फत पनि अर्डर गर्न सकिनेछ। डिजिस्टोरलाई देशैभरी सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष बंशलले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्