महेन्द्रनगर । डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ। महेन्द्रनगर सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ ।
महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एसके लाईट हाउस , अत्तरियाका उग्रतारा बिजुली भण्डार , धनगढीका लामा ट्रेडर्स, महेन्द्रनगरका केपि ईन्टरप्राईजेज, पुनर्बासका अधिकारी ईलेक्ट्रोनिक, वाणीका आर्या ईलेक्ट्रोनिकलाई उपहार स्वरुप एकएक थान ल्यापटप प्रदान गरिएको छ। साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन् । कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ। कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निस्शुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्