काठमाडौं। नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिसहोम फाईवरनेटले इनरुवामा पनि सह–वितरण सोरुमको सरु गरेको छ। फागुन १४ गते देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन खुस्बु ईनटरप्राइजेजले गर्नेछ।
सोरुम उद्घाटन, डिसहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक बिपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थितिमा सम्पन्न भएको थियो। खुस्बु ईनटरप्राइजेजले विगत लामो समय देखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरूमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाइबर नेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ।
एक हजार भन्दा धेरै ग्राहकलाई डिसहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको खुस्बु ईनटरप्राइजेजले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु ईनटरप्राइजेजका सञ्चालक सन्दीप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्