×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै’ ठगी गर्ने दुई जना पक्राउ, विभिन्न व्यक्तिलाई सात लाख २७ हजार ठगेको ठहर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै’ ठगी गर्ने दुई जना पक्राउ, विभिन्न व्यक्तिलाई सात लाख २७ हजार ठगेको ठहर !

Artha Sarokar

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा रु दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई रु सात लाख २७ हजार ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी