काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच लामालाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले क्याप्टेन लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
इसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेको र अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा पनि विश्वास जित्न सफल हुने विश्वास उनले व्यक्त गरे कार्यक्रममा एफवान सफ्टका सीईओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङ क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरेका थिए । इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्न सुरु गरेको छ ।
वैदेशीक यात्रामा जाने हरेक नेपालीले इसेवा मार्फत कुनै पनि देशका कुनैपनि गन्तव्यका हवाई टिकट सहजै काट्न सकिने इसेवाले जनाएको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि बिकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्