सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिकास्थित एक साबुन फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । वडा नम्बर ७ स्थित छिन्नमस्ता साबुन फ्याक्ट्रीमा मंगलबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले आगलागीका कारण तयारी अवस्थामा रहेको १२ सय कार्टुन कपडा धुने साबुन र १ हजार बोरा सर्फसमेत जलेर क्षति भएको छ । सो आगो राजविराज नगरपालिको दमकल, प्रहरी र स्थानीय मानिसको सहयोगमा दिउँसोतिर नियन्त्रण लिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्