काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो ।
कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका पूर्ववर्त अवस्थामा सञ्चालन हुन नसकेको तथ्य पेश गर्दै महासङ्घले बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपको व्याज बढाउने विषय मिल्दो नभएको जनाएको छ ।
बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको उल्लेख गर्दै महासङ्घले असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र तथा उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुनःबढेमा यो क्षेत्र थप धरासायी हुने र उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।
हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नभएको महासङ्घले ठहर गरेको छ । व्याज दरमा अस्थिरता कायम रहंँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने महासङ्घको बुझाइ छ ।
ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा आफू विश्वस्त रहेको भन्दै महासङ्घले यीलगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने स्पष्ट पारेको छ । व्यापार घाटाको दायरा निकै बढीरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने तथा आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ महासङ्घले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरसमेतमा वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासङ्घले राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ ।
थलिएका उद्योग व्यवसायलाई सुुसञ्चालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग आग्रह गर्दै यसका लागि निरन्तर सम्वाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासङ्घ सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्