काठमाडौं । पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको हो । बुधवार एक कार्यक्रमका अन्तरआवद्धता सम्बन्धी जानकारी दिएको छ । यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भइ अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “हामी पहिला देखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौँ,पछिल्ला दिनमा नियामक निकाय राष्ट्रबैंकले पनि एक आपसमा अन्तरआद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ“।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि।टु।वान प्रमाणीकरण प्राप्त संस्था हो । प्रभुसमुह अन्तरगत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडी बढाइरहेको छ । हाल यस कम्पनीका ७ लाख भन्दा धेरै ग्राहक रहेका छन् । प्रभुपेमार्फत मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायतका सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्