काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग सम्झौता गरेको छ ।
उक्त सम्झौता सँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध बिद्युतिय भुक्तानीको सन्जाल सञ्चालन गर्ने र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक जस्तै पेटीएम, गुगलपे, फोनपे आदी मार्फत नेपाल स्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो । साथै यस् सेवाको सुरुवात सँगै भारतियहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने छ । प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआई ले भारतमा सन्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दे जानकारी दिएको छ ।
उक्त सम्झौतामा, नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान साथै भारतमा भुक्तानीको सन्जाल युनीफाईड पेमेन्ट इन्टरफेस ९युपिआई० स्वयमले सफलताका साथ सञ्चालन गरिरहेको र भारतीय रिजर्व बैंकद्वारा प्रवर्दित एनपीसिआई इन्टरननेसनलको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका हुन ।
अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित भुक्तानीको सञ्जाल युपिआई भारतमा एनपीसिआईद्वारा सन्चालनमा रहेको र त्यसले भारतको बिद्युतिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रबिधीमा आधारित युपिआई नेपालले बिद्युतिय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठुलो टेवा पुर्याउने कुरामा विश्वस्त रहेको जानकारी कम्पनीले गराएको छ ।
२१ औं शताब्दिमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ । बैकिङ्ग प्र णालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने सन्दर्भमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट नेपाललाई “नगदरहित अर्थतन्त्र” तर्पm लैजान चलाएको वृहत अभियान र नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अङ्गिकार गरी यस कम्पनीले अन्तरराष्ट्रिय कारोबार ९व्रmस बोर्डर० सहितको युपिआई नेपाल प्रणाली सञ्चालन गर्न गईरहेको कम्पनीले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्