Skip to content
LAXMI SUNRISE BANK

आइतबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर प्रतितोला ९५ हजार ५ सय रुपियाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपियाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK