काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९५ हजार १ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८२ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।