×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

४६.८२% ले घट्यो गुराँस लघुवित्तको खुद नाफा, प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

BIZBAZAR

काठमाडौं । गुराँस लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ४६.८२% ले घटेर ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।

यस्तै, सञ्चालन आम्दानी ४६.८२% ले घटेर १ करोड १६ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १८ लाख ३५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यता, खुद ब्याज आम्दानी भने ३५ ले बढेर ३ करोड ५१ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०८ पैसाले घटेर १५ रुपैयाँ १६ पैसा भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal