म्याग्दी । गत बिहिबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ । स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मत पछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि – १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही माघ २० गते विहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पु¥याए पछि सेवा अबरुद्ध भएको थियो । विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् ।
गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उहाँले जानकारी दिनुभयो । यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उहाँले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्