×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओले सुरु गर्‍यो १० लाख सम्मको राइड सेयरिङ बिमा,चौबीसै घण्टा सेवा प्रदान गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पठाओले सुरु गर्‍यो १० लाख सम्मको राइड सेयरिङ बिमा,चौबीसै घण्टा सेवा प्रदान गर्ने

Artha Sarokar

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको छ । हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवस्यक परामर्श दिनेछन् । नेपालमै पहिलोपटक राइड सेयरिङ बिमा सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी