काठमाडौं । कामना सेवा बिकास बैंक लिमिटेडले कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम कामना सेवा कष्टुमर डे’ कार्यक्रम मार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेकामा सम्पूर्ण ग्राहक महानुभावहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्