Skip to content
LAXMI SUNRISE BANK

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्यौटका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंकबीच एससीटी–यूपीटी डेबिट काड, स्मार्ट क्युआर, एससीटी एन–पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ। बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK