Skip to content
LAXMI SUNRISE BANK

केन्द्रीय तथ्यांक विभागले माग्यो ६ हजार कर्मचारी, मासिक तलब ३० हजार

अर्थ सरोकार

काठमाडौ । केन्द्रीय तथ्यांक विभागले करारमा ६ हजार ३०३ जना कर्मचारी माग गरेको छ । विभागले शूरु हुन लागेको कृषि गणना – २०७८ का लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले सुपरिवेक्षक र गणक पदमा कर्मचारी नियूक्त गर्न लागेको हो।
सुपरिवेक्षकका लागि मान्यता प्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्रतह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । विभागले सुपरिवेक्षकका लागि मासिक ३० हजार २०० र गणकको लागि २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकेको छ भने करार अवधी दुई महीनाको हुने बताएको छ ।
कृषि विज्ञान वा तथ्यांक विषय लिई अध्ययन गरेको, राष्ट्रिय स्तरका गणनामा कार्य अनुभव भएको तथा सम्वन्धित स्थानीय निकायमा बसोबास गरेकोलाई विशेष प्रथामिकता दिईने विभागको सूचनामा उल्लेख छ। ईच्छुक उमेद्वारले २८ दिनभित्र अर्थात् आगामी चैत्र ७ गतेभित्र विभागको अनलाईन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिनुपर्ने छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK