×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खल्तीमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

Artha Sarokar

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताका लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनमा बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा सुरु गरेको हो ।

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभर उपलब्ध गराउने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरण अनलाइन ‘भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप वा बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीमार्फत सहजै गर्न सकिने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी