काठमाडौं । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुका साथै १० प्रतिशत क्यासब्याकको अफर ल्याएको छ। समयसीमाका कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ।
प्रयोगकर्ताले १० क्यास्ब्याक (रु.१०० सम्म) पाउनका लागि प्रोमोकोड NATIONAL100 प्रयोग गरी प्राप्त गर्न सक्नेछन्। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट तिर्न सकिन्छ। ५००० माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। ‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो ।
२० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्