×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लमजुङमा आलु उत्पादन बढ्यो, यी नगरपालिकालाई आलु उत्पादन पकेट क्षेत्र घोषणा गरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लमजुङमा आलु उत्पादन बढ्यो, यी नगरपालिकालाई आलु उत्पादन पकेट क्षेत्र घोषणा गरियो

Artha Sarokar

२ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ । लमजुङमा आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीका लागि यस वर्ष मौसम उपयुक्त हुनाका साथै किसानले राम्रोसँग आलुको हेरचाह गरेकाले यस वर्ष आलु उत्पादनमा वृद्धि भएको कृषिज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष २०० मेट्रिकटन आलु उत्पादन बढी भएको छ । यस वर्ष एक हजार ९३६ हेक्टर जमिनमा गरिएको आलुखतीबाट २१ हजार १०० मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै गत वर्ष आर्थिक वर्षमा १९ हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा २० हजार ९२९ मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।
सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेँसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्हेलासोथार गाउँपालिकालाई बर्खे आलुको मुख्य पकेट क्षेत्र तोकिएको छ । जिल्लामा मुख्य गरेर कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलुखेती गर्ने गरिएको किसानको भनाइ छ । केन्द्रका अनुसार जिल्लाका सबै पालिकाका कृषक, कृषक समूहले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।
कृषिज्ञान केन्द्रले कृषकका लागि आलुखेती प्रवद्र्धन कार्यक्रममार्फत अनुदानमा आलुको बीउ वितरण आलु उत्पादनसम्बन्धी तालिम, आलुमा लाग्ने रोगका किरा नष्ट पार्ने औषधि वितरण गर्दै आएको कार्यालयका सूचना अधिकारी रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादिन आलु मनाङलगायतका जिल्लामा समेत पुग्ने गर्दछ । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी