×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ’ : महालेखा परीक्षक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ’ : महालेखा परीक्षक

Artha Sarokar

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा महालेखा परीक्षक शर्माले वित्तीय सुशासन प्रवद्र्धनमा दत्तचित्त भएर लाग्न सम्बद्ध लेखा व्यवसायीलाई आग्रह गर्नुभयो ।
मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्नतर्फ लेखा व्यवसायीले ध्यान दिन सक्नुपर्ने खाँचोसमेत उहाँले औँल्याउनुभयो । लेखा व्यवसायका विषयमा कहिलेकाहीँ गुनासो आउने गरेको उल्लेख गर्दै शर्माले लेखा व्यवसायीलाई कामप्रति जिम्मेवार बनाउन सुझाउनुभयो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले रजत जयन्तीको उपलक्ष्यमा प्रकाशन गरेको स्मारिका तथा संस्थाको रणनीतिक योजना विमोचन गर्दै महालेखा परीक्षक शर्माले लेखा व्यवसायका लागि आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यानदिनसमेत आग्रह गर्नुभयो । ललितपुरको सातदोबाटोस्थित संस्थाको केन्द्रीय कार्यालयमा सोमबार सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सीए युद्ध राज ओलीले आव २०७७/७८ को वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्दै संस्थाको उद्देश्य र आगामी रणनीतिबार जानकारी गराउनुभएको थियो ।
मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पु¥याउने उद्देश्यले २०५३ सालमा स्थापित संस्थालाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै यसअघिका नेतृत्वले देखाएको बाटोलाई अनुशरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थामा हालसम्म एक हजार ७२९ चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु तथा ख, ग र घ वर्ग गरी कूल सात हजार २३६ जना दर्तावाला लेखापरीक्षक सदस्य आबद्ध रहेको विज्ञप्तिमार्फत जनाइएको छ । संस्थाले हालसम्म ६३२ जना चार्टर्ड एकाउन्टेन्ट्स उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी