×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईंले नक्कली लाइसेन्स बोक्नु भएको छ ? तत्कालै ट्राफिक प्रहरीको कारवाहीमा पर्नुहोला है !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

के तपाईंले नक्कली लाइसेन्स बोक्नु भएको छ ? तत्कालै ट्राफिक प्रहरीको कारवाहीमा पर्नुहोला है !

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो ।
विभागले निर्माण गरेको उक्त एप्स आज विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा महानिर्देशक घिमिरेले एकवर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली÷सक्कली छुट्याउन सक्ने बताउनुभयो ।
“एकवर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ”, उहाँले भन्नुभयो । महाशाखाका प्रमुख जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शङ्कास्पद लाइसेन्स जाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था उक्त एप्स निर्माणसँगै अन्त्य भएको बताउनुभयो ।
नक्कली लाइसेन्स बोकेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको उहाँको भनाइ थियो । उहाँले कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानूनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी