×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको स्थगित भएको २०औँ वार्षिक साधारणसभा फागुन १३ गते, २१.०५% लाभांश प्रदान गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंकको स्थगित भएको २०औँ वार्षिक साधारणसभा फागुन १३ गते, २१.०५% लाभांश प्रदान गरिने

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकको यसअघि स्थगन भएको २०औँ  वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ । फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६औँ बैठकको निर्णयानुसार फागुन १३ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादीमा हुने भएको हो ।

पुस २५ मा तोकिएको सभा गणपुरक संख्या नपुगी स्थगित भएको सभा पुनः असोज ३ गतेका लागि तोकिएको थियो । असोज ३ गते को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाटले आदेश दिएको थियो । सोही अनुसार फागुन १३ गते बस्ने भएको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७-७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद सहित २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी