×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

Artha Sarokar

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा फाल्गुन १३ गते नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा सम्पन्न भएको छ ।यस अवसरमा आर्थिक वर्ष २०७७-७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्त बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७-७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने बताए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद दिँदै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा व्यक्त गरे ।

स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका हुन् । साथै सभामा बसेको बैठकले संचालक समितिको ५१८औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनःचयन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी