×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा अब फागुन १३ मा, २१.०५% लाभांश दिने प्रस्ताव पेस गरिने ! (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा अब फागुन १३ मा, २१.०५% लाभांश दिने प्रस्ताव पेस गरिने ! (विवरणसहित)

६ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ । बैंकको दुई पटक स्थगित भएको सभा अब फागुन १ ३ मा हुने भएको भएको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस र कर प्रयोजनको लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ । बैंकको आर्थिक वर्ष २०७७–७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
साथै आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: