×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमजिको नयाँँ विद्युतीय गाडी एमजि जेडएस इभि २०२२ सार्वजनिक, नेपाली बजारमा कति छ यसको मूल्य ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमजिको नयाँँ विद्युतीय गाडी एमजि जेडएस इभि २०२२ सार्वजनिक, नेपाली बजारमा कति छ यसको मूल्य ?

Artha Sarokar

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा एमजी मोरिस ग्यारेज मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजि जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा गाडीको मुल्य पनि सार्वजनिक गरिएको थियो ।

स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजि जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिन्छ ।  एमजीको स्ट्यान्डर्ड रेञ्जको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र लङरेञ्ज गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  एउटा ५१.५८ पध्ज हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९किमी८ छ र अर्को ७२.६पध्ज ब्याट्री भएको जसको रेन्ज ४४०किमी ८  छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजि जेडएस इभि २०२२ मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ , १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका कमपनीले जनाएको छ ।

एमजि जेडएस् इभि २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्टन् ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी