काठमाडौं । दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साविकको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेशप्रसाद यादवले बताएका हुन् ।
यसअघि दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेको थियो भने अब सरकारले बढाएर प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आए पनि सरकारले साढे २ वर्षपछि हिजो मूल्य बढाएको हो ।
सरकारले बढाउने मूल्यमा किसानलाई ६९ प्रतिशत र ३१ प्रतिशत उद्योगलाई हुनुपर्ने नियम छ । सोहीअनुसार बजारमा पनि मूल्य कायम हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्