बागलुङ । बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो ।
आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले जनाएको छ । अनुदान पाउनका लागि ती सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । जिल्ला दूधमा आत्मनिर्भर रहेको छ ।
किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्षदेखि दूधमा अनुदान दिन थालिएको केन्द्रका पशु अधिकृत केशव शर्माले जानकारी दिनुभयो । “गत वर्ष दूधमा अनुदान दिनका लागि रु ४१ लाख बजेट विनियोजन गरिएको थियो, तर जम्मा रु १८ लाखमात्रै अनुदान भुक्तानी भयो”, उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा समेत आठवटा सहकारीका तिनै किसानलाई भुक्तानी गर्ने गरी रु १८ लाख नै बजेट व्यवस्थापन गरेका छौँ, असारसम्म भुक्तानी भइसक्छ ।”
दुग्ध सहकारीले किसानको दूधको रकम माग गरे चार–चार महिनामै मुक्तानी गर्न सकिने कार्यालयको भनाइ छ । दैनिक २०० लिटरभन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा जम्मा आठ मात्रै सहकारी छन् । जिल्लाका १० पालिकामध्ये बागलुङ र जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका किसानले मात्रै उक्त अनुदान सुविधा पाइरहेका छन् । काठेखोलाको चार , बागलुङ र जैमिनी नगरपालिकाका दुई ÷दुई सहकारी मार्फत उत्पादित दूधमा अनुदान दिइएको पशु अधिकृत शर्माको भनाइ छ ।
दूधमा अनुदान पाउनका लागि मापदण्ड पुगेका आठ सहकारीले रु १८ लाख रकम प्राप्त गर्ने छन् । ती सहकारीले वार्षिक सात लाख ५० हजार लिटरभन्दा बढी दूधको उत्पादन र बजारीकरण गर्दै आएका छन् । दूधमा दिने अनुदान आगामी वर्षसमेत निरन्तरता पाउने भएकाले किसानलाई सहकारीमार्फत बजारीकरण गराउने दूधको परिणाम बढाउन केन्द्रले आग्रहसमेत गरेको छ ।
दूधको उत्पादनमा दिइने अनुदानले किसानलाई दूध ढुवानीका लागि सहज भएको जनाइएको छ । बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपक गौतमले अनुदानबाट पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्