काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिको अभियानलाई तिव्रता दिएको छ । संस्थाले पुर्वको फिदिम र पश्चिमको कोहलपुरमा कर्मचारीहरुलाई कार्य संचालन तथा जोखिम व्यवस्थापन तालिम दिएको छ । प्रदेश नं. १ अन्तर्गत फिदिम क्लस्टरका ९ वटा शाखाका २४ जना कर्मचारीहरुलाई पाँचथरको फिदिम स्थित अजिमा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी तथा सूचना प्रविधि विभागका मनिष श्रेष्ठले सहजिकरण गरेका थिए भने कार्यक्रम संचालन क्लष्टर प्रमुख तिलक साउदले गरेका थिए ।
त्यसैगरि कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश अन्तर्गतका ४० जना कर्मचारीहरुलाई कोहलपुरको होटल अतिथिमा चार्टड एकाण्न्टेन्ट यशोधन पाण्डे तथा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले सहजिकरण गरेका थिए । सिए पाण्डेले कार्य संचालन तथा अनुपालनाको विषयमा सहजिकरण गरेका थिए भने सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले कर्जा जोखिम व्यवस्थापन र क्षमता अभिबृद्धि सम्बन्धि सहजिकरण गरेका थिए । कार्यक्रम संचालन कर्णाली प्रदेश प्रमुख तर्क बहादुर रावलले गरेका थिए भने सहभागी तथा सहजकर्ताहरुलाई सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।
दुबै कार्यक्रममा क्लष्टर प्रमुखहरु तिलक साउद, मनोज ओली र भिम साउदले मातहतका शाखा कार्यालयहरुको अवस्था तथा भावी योजनाको बारेमा प्रस्तुतीकरण समेत गरेका थिए । संस्थाले निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गरिरहेको छ । बनेपा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप प्रादेशिक संरचनामा आफूलाई ढालिसकेको छ । सातै प्रदेशमा संस्थाले प्रादेशिक प्रमुखहरु तथा क्लष्टर प्रमुखहरुको व्यवस्था गरी अनुगमन एवं कर्मचारीहरुको सिकाई पक्षलाई मजबुत बनाउँदै लगिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्