×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य : मनोरम नगर समाजलाई सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य : मनोरम नगर समाजलाई सहयोग

Artha Sarokar

१६ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न सधै संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं.१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजका लागि सहयोग गरेको छ ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रम बीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ऋबचम प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी