×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज नेपाल बन्द, कस्तो छ प्रभाव ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आज नेपाल बन्द, कस्तो छ प्रभाव ?

Artha Sarokar

४ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको गठबन्धनले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । एमसीसी संसदमा टेबुल हुने भएपछि विप्लब नेतृत्वको नेकपा सहितका विभिन्न ६ दलीय कम्युनिष्ट गठबन्धनले बुधबार नेपाल बन्दको घोषणा गरेका थिए ।

कस्तो छ प्रभाव ?
तर बन्दको प्रभाव भने खासै देखिएको छैन । उपत्यकामा बिहानैदेखि सडकमा सवारीसाधन गुड्न थालेका छन् । विभिन्न ठाउँमा कार्यकर्ताले बन्द गराउन खोजेपनि सुरक्षाकर्मीले त्यसो हुन दिएका छैनन् । सार्वजनिक सवारीसाधन केहि कम गुडेपनि बाटोमा बन्दको झल्को नै हुनेगरी खास केहि पनि देखिएको छैन । प्रदर्शनकारीले प्रहरीको बाक्लो तैनाथीका कारण अबरोध गर्न सकेका छैनन् भने एमसीसी सम्झौताका बिरुद्धमा नाराबाजी भने गरिरहेका छन् ।

यस्तै उपत्यकामा भाडाका गाडी विहान खासै चलेको देखिएको छैन । यद्यपी सार्वजनिक गाडीहरु र निजी गाडीहरु भने केहि मात्रामा चलेका छन् । देशभरका अधिकांस स्कुलहरु बन्द भएका छन् । ६ दलीय गठबन्धनले नेपाल बन्दको आह्वान गर्नुपूर्व नै गृह मन्त्रालयले कुनै अप्रिय घटना हुन नदिनका लागि मंगलबारबाट नै सुरक्षा व्यवस्था कडा बनाउँने निर्णय गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी