×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्स्योरेन्सले ५० हजार कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको सो सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०० तोकिएको छ । तोकिएको मूल्य र अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् । यसमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बुझाउनु पर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी