×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६१% बोनस सेयर डिम्याट खातामा आयो, नपाउनेले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६१% बोनस सेयर डिम्याट खातामा आयो, नपाउनेले के गर्ने ?

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६१% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा भएको छ ।  बैंकले गत मंसिर ५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर ५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । बैंकको गत मंसिर १७ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२.६१ बोनस सेयर र ३.३९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी