×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ल्यूव आयलद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल ल्यूव आयलद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा

८ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल ल्यूव आयलले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा २ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३३.५१ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड ५८ लाख ४४ हजार नाफा आर्जन गरेको थियो ।

गत वर्ष ४९ करोड ३५ लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले यस त्रैमासमा २१.७५ प्रतिशतले बढाएर ६० करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको सञ्चालन नाफा गत वर्ष ३ करोड २० लाख रुपैयाँ थियो भने यस वर्ष १८.३४ प्रतिशतले बढाएर ३ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि १०६ रुपैयाँ ५० पैसा (वार्षिक) बाट बढेर १०९ रुपैयाँ १६ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: