काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनामा उपलब्ध १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । जसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको डायमण्ड श्रेणीको खाता खोलेका भिमसेनगोला, काठमाडौँ निवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत रु १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।
निजलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको छ । यस बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जनाभन्दा बढी ग्राहक बीमा वापत रु ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । ग्राहकलाई सर्वश्रेष्ठ लाभ दिने नीतिअनुसार बैंकले हाल लिएर आएको सर्वश्रेष्ठ बचत खाता योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गरेका ३ अन्य व्यक्तिको प्रतिव्यक्ति २१ लाखसम्मको गरी कुल ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ ।यस निक्षेप योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने ३ बीमा सम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान गरेको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्