×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बा ! मैले पनि एनआईसी एशियामै खाता खोलेँ नि…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘बा ! मैले पनि एनआईसी एशियामै खाता खोलेँ नि…’

Artha Sarokar

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

बा ! ढोग गरें ।
आमालाई पनि ढोग सुनाईदिनू ।
यो पत्र पढिरहेकी बहिनीलाई पनि मेरो धेरै माया छ है । कोरोना कम भएपछी स्कुल खुलेको छ रे, ख्याल गर्नू । राम्रोसँग पढ्नु । आउँदो दशैंसम्म जागिर पाएछु भने एक जोर राम्रो नाना किनेर ल्याईदिनेछु । घरमा सबैलाई सन्चै छ होला । कोरोना सकिएको छैन, सबैले आफ्नो ख्याल गर्नु है !
बा…
देश बदल्नु पहिला आफ्नो घरको स्थिति बदल्छु भनेर शहर हानिएको आज १ महिना पुगिसकेछ । डेरा खोजेर आफ्नो जोहो गर्दागर्दै बा-आमालाई आफ्नो बह पोख्ने पनि समय पाईन । आज मेरा भगवानस्वरुप बा र भगवान स्वरुप आमालाई साक्षी राखेर प्यारी बहिनीले मेरा मनका बह सुनाईदिनू ।
यता मलाई सन्चै छ । कोरोनाको त्रास नसकिएकोले विहान कलेज बाहेक अरुबेला डेरामै छु । अनलाइनबाट काम खोजिरहेको छु । पढाईमा व्यस्त छु । केहि दिन यता त कलेज पनि सुरु भएको छ । पढाईमा ध्यान दिएको छु ।
छोरोले खुब मन पराउँछ भनेर आमाले बोरामा हालिदिनुभएको २ माना फापरको पिठो अझै बाँकी छ । घ्यु पैट्याएकै छैन । चामलको पोकोभित्र आमाले राखिदिनुभएको २ हजार रुपैयाँ देखेपछि एकदम भक्कानिएं । आमा, कति धेरै माया गर्छौ है मलाई । तर अवदेखि यसरी चामलको बोराभित्र पैसा नपठाउनू है । यो अनलाइनको जमानामा आमाको यस्तो माया पनि छिट्टै र सुरक्षित तरिकाले पाइने सुविधा छ । छिमेकी हर्कलाई उ काम गरेको एनआईसी एशिया बैंकमा आमा, बाबा र बहिनीको खाता खोलिदिनु भनेको छु । ल्याबटप र इन्टरनेट भएको भए बैंकसम्म पनि जानुपर्ने थिएन, तर साखा पुगेर खाता खोल्न पनि समय लाग्दैन आमा । देश बदल्छु भनेर शहर पढ्न हिंडेको छोरोकि आमाले पनि अव कारोबार प्रवृति बदल्नुपर्छ । बहिनीले खुत्रुकेमा जम्मा गरेको पैसा र तपाईंले सन्नुसमा राखेको पैसा बैंकमा गएर जम्मा गर्नु । बैंकले ब्याज पनि दिन्छ । मलाई केहि खर्च पठाउनुपर्दा पनि बैंकबाटै सजिलै पठाउन सकिन्छ । शहरमा हप्तादिन जति लगाएर कम खर्च हुने बैंक खोजेपछि एनआईसी एशियाबारे बुझेको छु, मैले पनि यतै खाता खोलेको छु । हर्कको सहयोग माग्नु, केहि परे मलाई भन्नु है ।
बा…
मलाई १२ कक्षासम्म पढाउँन तिमीले कति मेहेनत गर्यौ भन्ने बुझेको छु । आमाले घर सम्हाल्नुभो, हामीलाई खुब माया दिनुभो । तर बाले पर्मको मेलो भ्याएर दिन रात खटी मलाई हुर्काएको बिर्सेको छैन । एक-एक रुपैयाँको महत्व कति हुन्छ भन्ने तथ्य मैले राम्रोसँग बुझेको छु बा । र त काठमाडौँ शहरमा सकेसम्म सस्तो डेरामा बसेर सबैभन्दा सस्तो दैनिकी जिउने प्रयास गर्दैछु । बैंकमा पनि सबै सेवा सबैभन्दा सस्तो पाइने कुन छ भनेर खोजी एनआईसी एशिया रोजेको हुँ । ५० रुपैयाँ हराउँदा तिम्रा आँखामा देखिएको भाव बिर्सेको छैन बा । न त २०० रुपैयाँ कमाउन साहुको अनेक खटन सहेर हाम्रा लागि तिमीले पाखुरा बजारेको नै बिर्सेको छु । छोरो हुँ, रुन नमिलेर मात्र हो, तिमीलाई कतिपटक मनमनै अँगालो मारेर ‘बा ! एक दिन म कमाएर खुवाउँछु’ भनेको छु, त्यो मलाई मात्र थाहा छ।
आमाले पठाईदिनुभएको २ हजार रुपैयाँ हिजै बैंकमा राखेको छु । बाले पठाउनुभएको खर्चले यहाँ सबै जोहो गरेर बचेको १९०० रुपियाँ पनि थपेर त्यहीं जम्मा गरेको छु । शहरमा कोहि साथी हुन्नन् भन्थे, तर मैले बैंक साथीको रुपमा पाएको छु । पिसाब फेर्न पनि ५ रुपैयाँ लाग्ने यो पापी शहरमा एनआईसी एशियाले त धेरै कुरा सित्तै दिने रहेछ बा ।
धेरै पैसा हुनेहरुले मेशिनबाट पैसा निकाल्ने कार्ड लिंदारहेछन् भन्थ्यौ नि बा, हो त्यो कार्ड तिम्रो छोरोले पनि लिएको छ । बैंकले यो एटिएम कार्ड सित्तैमा दिँदोरहेछ । ५ बर्षसम्म केहि पैसा पनि तिर्नुनपर्ने रहेछ । बैंकमा राखेको पैसा कुनै बेला सित्तैमा निकाल्न मिल्ने रहेछ । बैंकले ल्याएको सर्वश्रेष्ठ योजना अन्तर्गत यो सेवा दिइएको रहेछ । ५ बर्षसम्म त जागिर गरेर तपाईंलाई खुसी दिने भईहाल्छु नि बा । चिन्ता नगर्नु है !
आफु टुकटुके मोबाइल किनेर पढ्न जाने छोरोलाई पढ्न सजिलो हुन्छ भनेर सेकेन्ड ह्याण्ड नै भएपनि स्मार्ट फोन किनिदिएका थियौ नि, त्यो अहिले खुब काम लागेको छ बा । हरेक दिन तिम्रो, आमाको र बहिनीको फोटो हेर्छु, अनि आफ्नो सपना सम्झन्छु । एनआईसी एशियाको मेरो सबै खाता विवरण यहि मोबाइलमा देखिनेगरे मोबाइल बैंकिङको सेवा पनि लिएको छु । यसका लागि पनि कुनै पैसा तिर्नुपरेन बा । अव तिमीले खर्च पठाउँदा आफन्तले समयमा नपुर्याउलान् कि भन्नु पर्दैन, उता तिमीले बैंकमा हालिदिनु, यता मेरो मोबाइलमा देखिईहाल्छ । योचाहिं जागिर नपाएसम्म है । जागिर पाएपछि पहिलो तलवले तिमेलाई यस्तै मोबाइल किनिदिनेछु । यताबाट पैसा पठाईदिएपछि उता टटुङ्ग- टुङ्ग मेसेज आउँछ । मलाई कचौरा टुङ्ग-टुङ्ग बजाएर सानोमा फकाउँथ्यौ, अव जागिर पाएपछि तिम्रो मोबाइलमा खर्च पठाएको मेसेज त्यस्तै टुङ्ग-टुङ्ग आउने गरी खुसी दिनेछु बा । केहि समय पर्खानू है । यस्तो मेसेज पठाएको पनि पैसा लाग्दैन नि ! ढुक्क हुनुस् ।
बा…
बजारमा खुब सेयर बजारको चर्चा रहेछ । माओलीतिर मामाको घरनजिकैको हाइड्रोको सेयर खोलेको छ भनेर मामाले भर्नुहुन्थ्यो नि, त्यस्तै धेरै कम्पनीको आइपीओ आउने गरेको रहेछ । मैले अर्थ सरोकारको भिडियो हेरेर सेयर बजारबारे धेरै जानकारी पनि लिईसकें । घरभेटी अङ्कल पनि सेयर बजारमा हुनुहुँदो रहेछ । मेरो रुची देखेर उहाँले उहाँको वाइफाई सित्तैमा प्रयोग गर्न दिनुभएको छ । आएको आइपीओ भर्न थालेको छु । त्यसका लागि चाहिने डीम्याट खाता, मेरो सेयर, सबै नवीकरण गर्ने पैसा पनि लिँदो रहेनछ बैंकले । एनआईसी एशिया बैंकमा खाता खोलेपछि धेरै कुरामा ढुक्क भएको छु । एउटा आइपीओ पर्यो भने त्यो बेचेर तपाईंलाई केहि खुसी पठाउँछु है ।
आमाले सार्है गरेर, बाले सार्है मेहेनत गरेर जोडिदिएको अलिकति सुन हराउलाकि भनेर आमाले खुब चिन्ता गर्नुभएको छ । छोरो शहर हिड्नु अघिल्लो दिन नै अवदेखि यो सुन लगाउदिन, छोरालाई चाहिएको बेला दिन्छु भन्नुभएको अझै याद छ । आमालाई सुनाईदिनु, सुन मास्ने होइन, बैंकमा गएर राख्नु, छोरोले सक्ने भएपछी कानमा ढुंग्री बनाईदिनेछ । सार्है परेको बेला ३०० रुपैयाँ नपत्याउने तल्लाघरे काइली काकीलाई देखाईदेखाई हिड्नुपर्छ ल ।
अहिले बैंकले सुरक्षित रुपमा त्यो सुन राखिदिने लकर सुविधा पनि सित्तैमा दिएको छ । मैले बैंकमा काम गर्ने हर्कलाई भनेको छु, गरीमाग्नु ल । ५ बर्षसम्म यो सेवा लिंदा पनि केहि पैसा लाग्दैन । हुन त मलाई अहिले नचाहिने धेरै कुरा पनि बैंकले सित्तैमा दिएको रहेछ । भोलि चाहिंदा पनि र पैसा हुँदा पनि कम खर्चमा धेरै कुरा गर्न मिल्ने भनेको त यहि बैंकमा रहेछ । तपाईंहरुले पनि भोलि नै गएर खाता खोल्नु है ।
बा…
काठमाडौँमा त पिशाब फेरेको पनि ५ रुपैयाँ लाग्छ, अरु कसले सित्तैमा के दिन्छ र भन्थे, तर एनआईसी एशिया बैंकले खुब साथ दिएको छ मलाई यो अभावमा । मलाई थाहा छ बा, ५०-१०० रुपैयाँ कमाउन र जोगाउन तिमीले कति धेरै मेहेनत गरेका छौं, र त यी सेवाहरु सित्तैमा पाउँदा मलाई बा आमाले नै दिएजस्तो माया साथी बैंकले दिएको अनुभूति भएको छ ।
धेरै चिन्ता नलिनु मेरो । त्यहि एनआईसी एशियामा अहिले इन्ट्रनहरुलाई काम खुलेको रहेछ । सिक्दै गर्दा धेरथोर पैसा पनि दिन्छ रे । अहिले पढ्ने र सिक्ने समयमा खानबस्न मात्र पुगे भैगो । अप्लाई गरेको छु, फोन आउँछ होला । त्यहाँ कर्मचारीलाई पनि सार्है राम्रो सुविधा रहेछ । धेरै मेहेनत गरेर त्यहीं जागिर खाने सपना छ । देशकै सबैभन्दा ठुलो बैंक भएकाले धेरै काम सिकिने रहेछ । त्यहाँ काम गरेपछि अन्त बिक्न पनि धेरै सजिलो रहेछ । हेरौं के हुन्छ।
बा !
हामी गरिबलाई कसैले ऋण दिंदैन, सानो काम सुरु गर्दा पनि माथि जान सकिन्न भन्थ्यौ नि, त्यस्तो होइन रहेछ नि । मामाले दोकान गर्छु, ऋण कसरी लिने रहेछ बुझिदिनु भन्नुभएको थियो, सुनाईदिनु ल । एनआईसी एशियाले त सानो व्यवसायलाई पनि कर्जा दिँदो रहेछ । थप बुझ्नुपरे हर्कलाई भेटाइदिनू है ।
शहरमा कोहि साथी छैन भनेर नआत्तिनु, मेरो त एनआईसी एशिया नै साथी बनेको छ। बैंक पनि, साथी पनि। र त लाग्छ- राम्रो पनि, हाम्रो पनि ।
छिट्टै पैसा कमाउने भएपछी साहुको ऋण तिर्नेछु । त्यो साहुको चर्को ब्याज होइन अब ऋण लिनैपरे बैंकबाट लिनुपर्छ । त्यसका लागि केहि समय मलाई जागिर खान दिनु है । चिन्ता नलिनु बुबा, अव समय हाम्रो पनि आएको छ। सब ठिक हुनेछ । एक दिन बा आमा बहिनी र मेरा पनि खुसीका दिन सुरु हुनेछन् । देश बदल्नु अघि आफ्नो घर बदल्न हिंडेको छु, पक्कै सफल हुनेछु । पढाई राम्रो गर्दैछु । एनआईसी एशियाले इन्ट्रनका लागि बोलायो भने झन् राम्रो हुँदैछ । अव सुखका दिन धेरै पर छैनन् बा । आफ्नो ख्याल गर्नू । औसधि समयमा खानु। धेरै काम नगर्नू । मलाई सम्झेर नरुनू है । तिम्रा हराएका खुसी फर्काउन छिट्टै गाउँ आउनेछु ।
रातो राम्रो गुलियो मिठो भन्थ्यौ नि बा ! हो रहेछ, एनआईसी एशिया पनि रातै छ, राम्रो छ । सेवा मिठो छ । बैंकमा खाता खोलिसकेपछि मलाई खबर गर्नु है ! बहिनीको खुत्रुकेमा कति पैसा भयो, सबै बैंकमा राख्नु । कोरोनाको डर छ ख्याल गरेर हिड्नु । धेरै धेरै माया बा । अव छोरोले घर बदल्यो, जीवन बदल्यो, पालो आयो अव देश बदल्नेछ भन्ने हुन सक्नेगरी मात्र यो शहरबाट फर्कनेछु ।
उही तपाईंको छोरो
सुदर्शन
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी