×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंक सम्हाल्ने ७ प्रदेशका ७ कमाण्डर : ‘क्वालिटी सर्भिसमा नो कम्प्रमाईज’ !

७ प्रदेशमा सयौं शाखा । सयौं साखासहित सयौं एटिएम । हजारौं स्टाफ र लाखौँ ग्राहक । यो चुनौतीपूर्ण संजाल सम्हाल्नु सानो चिज हुँदै होइन । अझ ग्राहकसँग सिधा जोडिएको सेवा । कर्जा प्रभावदेखि डिपोजिट संकलनसम्म, सेवा विस्तारदेखि ग्राहकसँगको सम्बन्धसम्म । एनआईसी एशिया बैंकले आफ्नो सेवालाई कसरी सम्हालीरहेको होला ? एक पटक नम्बर १ बन्न जति गाह्रो छ, नम्बर १ बनिरहन त्यतिकै चुनौतीपूर्ण छ । तर एनआईसी एशिया बैंक यो चुनौतीलाई चिर्दै कसरी सधैं नम्बर १ रहीरहेको होला ? यो प्रश्न धेरैलाई लाग्ने प्रश्न हो । र सत्य यो पनि हो कि बैंक नेपालको निजीस्तरको बैंकमा नम्बर १ रहिरहनका लागि बैंकका सातै प्रदेशका साखाहरुमा हुनुपर्ने उपस्थिति पनि निकै ठुलो र महत्वपूर्ण कुरा हो । केन्द्रमा रहेको व्यवस्थापन टिमसँग सहकार्य गर्ने बैंकको ७ वटै प्रदेशका गतिला टिम नभई यो सफलता सम्भव नै छैन । र त सफलताका हरेक खुड्किलाहरुमा बैंकका प्रादेशिक तहमा रहेका कर्मचारीहरुको योगदान र मेहेनत उत्तिकै छ । त्यसमाथि पनि बैंकले प्रदेश-प्रदेशमा यति गतिलो टिम राखेको छ कि, मानौं कुनै राम्रो बिकास बैंकको सीइओ हुने सक्षमता त यहाँका प्रदेश प्रमुखहरुसँग छ ।
पूर्वमा बैङ्किङ सफलताको उज्यालो छर्दै बिकास खरेल
यसै पनि पूर्व उद्योगहरुको नगरी हो । उद्योगहरुको नगरी भएपछी व्यवसायीहरुको थलो हुने नै भयो । धेरै व्यवसायी एकैठाउँमा हुने भएपछी चुनौति पनि थपिने नै भयो । तर सो चुनौतिलाई गज्जबले सम्हालेका छन् बिकाश खरेलले । प्रदेश नम्बर १ मा एनआईसी एशियाको उपस्थिति उल्लेखनीयमात्र छैन, बरु बजार हिस्साको ठुलो प्रतिशतको व्यापार एनआईसी एशियासँग छ । कर्जा विस्तारदेखि डिपोजिट संकलनसम्म हेर्दा प्रदेश नम्बर १ को टिमले सार्है ठुलो मेहेनत गरेको देखिन्छ । धेरै उद्योगीहरु भएको ठाउँमा रिस्क पनि बढी हुन्छ । बैंक पनि बेला बेलामा यस्ता रिस्कमा नपरेको होइन । तर बैंकको जुझारु टिमले आइपरेका हरेक खालका समस्याहरुलाई समाधान गर्दै अगाडी बढेको छ । सिंगो एनआईसी एशिया बन्नका लागि प्रदेश १ को महत्वपूर्ण भूमिकालाई सार्है न्याय गरेर प्रदेश नम्बर १ मा एनआईसी एशिया लिडर बन्न सफल भएको छ । ग्राहक संख्यादेखि कर्जा विस्तारसम्ममा प्रदेशकै अग्रणी बनेको एनआईसी एशिया बैंकलाई प्रदेश नम्बर १ का बिकाश खरेलले नेतृत्व गरिरहेका छन् । बैंकिङमा संगालेको लामो अनुभव अहिले उनी पूर्वमा पोखीरहेका छन् । पूर्वबाट सुर्य उडाएर देश झलमल्ल बनाएझैं, एनआईसी एशियाको सुर्योदय पनि पूर्वबाट नै भईरहेको छ भन्ने भान हुनेगरी उनी अहिले बैंकमा मेहेनत गरिरहेका छन् । प्रदेश नम्बर १ मा रहेका दर्जनौं शाखा र सयौंको संख्याका कर्मचारीहरुलाई उनको नेतृत्व र इमान्दार परिचालनले बैंकलाई थप शशक्त बनाईरहेको छ ।
एनआईसी एशियाका पूराना कर्मचारी हुन् दिपेन्द्र शर्मा । क्षमताका हिसाबले त उनी अहिले चलेको बिकास बैंकका सीइओ हुने हैसियत राख्छन् । समस्यालाई सार्है सहज रुपमा ट्याकल गर्न सक्ने क्षमताले उनलाई यस अघि गण्डकी प्रदेशमा धेरैले रुचाएका थिए । उनी यसअघि बैंकका गण्डकी प्रदेश प्रमुख थिए । बैंकिङ करियर सुरु गरेदेखि अहिलेसम्म आइपुग्दा सार्है सटिक, इमान्दार र स्पष्ट बैंकरको छवि बनाएका उनीसँग समस्यासँग जुध्ने साहस छ । र त गण्डकी प्रदेशमा उनले गरेको कामको सार्है ठुलो प्रभाव देखेपछि अझ बढी पोर्टफोलियो भएको मधेश प्रदेशमा मा उनलाई सरुवा गरेको हो बैंकले । अहिले उनी मधेश प्रदेशलाई एनआईसी एशियाका तर्फबाट कमाण्ड गरिरहेका छन् । पोर्टफोलियो यसै ठुलो, त्यसमाथि पनि प्रदेश नम्बर २ को बैंकिङ अनुभवलाई धेरै कुरामा ‘टफ’ मानिएको छ । तर त्यो टफनेशलाई उनले ‘सफ्टनेस’ र काममा स्मार्टनेस प्रयोग गरेर जितिरहेका छन् । अरु प्रदेशजस्तै कर्जा विस्तारदेखि डिपोजिट संकलनसम्म मधेश प्रदेशमा पनि एनआईसी एशिया बैंक धेरै अगाडी छ । गण्डकी प्रदेशमा जसरी सबैको वाहवाही पाएका थिए उनले, मधेश प्रदेशमा पनि सुरुवाती दिन देखि नै उनको काम गराईलाई धेरैले ‘पर्फेक्ट’ मानिरहेका छन् । उनी मधेश प्रदेशमा आएदेखि बैंक यो प्रदेशमा थप प्रगतिउन्मुख छ ।
गण्डकीमा एनआईसी एशिया ग्राहकको घर-घरमा ! पोर्टफोलियोलाई न्याय गर्दैछन् मनु शर्मा
यस अघि हाल मधेश प्रदेशमा रहेका दिपेन्द्र शर्माको नेतृत्वले सार्है ठुलो न्याय गरेर बलियो बनाएको बैंकको पोर्टफोलियोलाई थप शशक्त बनाउने अभियानमा छन् गण्डकी प्रदेशका मनु शर्मा । कोरोनाको बेलामा सबैभन्दा बढी प्रभावित भएको प्रदेश हो गण्डकी । अधिकांस होटल तथा पर्यटन व्यवसायमा समस्या देखिएका बेला बैंकका लागि पनि धेरै अर्थमा समस्या हुन सक्ने सम्भावना थियो । तर बैंकको कुशल नेतृत्वले गरेको काम र मनु शर्माको प्रादेशिक नेतृत्वले ती समस्याहरुलाई समाधान गरिदियो । लामो समयको बैंकिङ अनुभव र एनआईसी एशियाको एग्रेसिभ ग्रोथलाई जोड गर्दा उनको नेतृत्वमा गण्डकी प्रदेशमा एनआईसी एशिया थप सशक्त बनिरहेको छ । धेरै तथ्यहरुमा प्रदेशमा रहेका बैंकहरुमध्ये निकै अगाडी रहेको एनआईसी एशियालाई कमाण्ड गरेका मनु शर्माको नेतृत्वमा एनआईसी एशिया थप गतिशील बनिरहेको छ ।
बागमतीमा बैंकिङ सेवाको ठुलो छ भारी, र पनि सटिक कमाण्ड गर्दैछन् प्रकाश चन्द्र अधिकारी
बागमती प्रदेश धेरै हिसाबले प्रादेशिक रुपमा बढी ग्राहक, बढी कर्जा लिने ऋणी, बढी डिपोजिट र बढी शाखा भएको प्रदेश हो । बागमती प्रदेशको बैंकिङ यसकारण पनि बढी चुनौतीपूर्ण हुने नै भयो । तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंक, नेपाल बैंक, बैंक अफ काठमाण्डु हुँदै एनआईसी एशिया बैंकमा काम गरेको अनुभवलाई अहिले प्रकाश चन्द्र अधिकारीले सटिक कमाण्ड गरिरहेका छन् । अन्य प्रदेशमा ठुलो संजालमा नपुगेका अन्य बैंकहरु पनि बागमती प्रदेशमा निकै एग्रेसिभ रुपमा लागेकाले पनि अधिकारीको काँधमा एनआईसी एशियालाई यो प्रदेशमा लिडर बनाउने ठुलो जिम्मेवारी छ । र त सो जिम्मेवारीलाई शिरोपरी गरेर उनी अहिले आफ्नो टिमसँग निकै मेहेनत गरिरहेका छन् । तल्लो तहका कर्मचारीको साथ र माथिल्लो तहको व्यवस्थापनको विश्वासले बैंकमा काम गर्न सहज त भएको छ नै, आईपरेका चुनौतिहरुलाई पनि अधिकारीले गज्जबसँग सम्हालिरहेका छन् र देखापरेका समस्याहरुलाई समाधान गरिरहेका छन् । अस्ती भन्दा हिजो राम्रो र हिजो भन्दा आज राम्रो हुनेगरी उनले बैंकमा ग्रोथ देखाईरहेका छन्। आज भन्दा भोलि राम्रो हुनेगरी काम गर्नुपर्ने जिम्मेवारीलाई स्वीकार्नुपर्ने यथार्थ त छंदैछ । र त उनी निरन्तर लागिरहेका छन्, ग्राहकको सन्तुष्टी र बैंकको सफलताका लागि ।
लुम्बिनी प्रदेशमा लिडर एनआईसी एशियालाई कमाण्ड गर्दै छन् लिडर तिलक सुन्दर कार्की
आफ्नो लामो समयको बैंकिङ अनुभवलाई अहिले लुम्बिनी प्रदेशमा पोखीरहेका छन् निकै स्मार्ट र भर्सटाइल बैंकरका रुपमा परिचित तिलक सुन्दर कार्की । लुम्बिनी प्रदेशमा व्यवसायको संरचना अरु प्रदेशभन्दा अलि फरक छ । केहि ठुला उद्योग र साना व्यवसायको संख्या त्यहाँ भन्दा धेरै गुणा ठुलो रहेको यो प्रदेशमा तिलक सुन्दर कार्कीले एनआईसी एशियालाई लिडर बनाईराख्न खुब मेहेनत गरिरहका छन् । बैंकको ब्राण्डलाई आत्मसाथ गर्दै लुम्बिनीमा कर्जा विस्तारमा निकै आक्रामक बनिरहेका छन् कार्की । डिपोजिट संकलनमा पनि प्रदेशकै लिडर छ एनआईसी एशिया । ग्राहकको सन्तुष्टीको तथ्य केलाउने हो भने यो प्रदेशमा एनआईसी एशिया लिडर छ लुम्बिनीमा । रिकभरीदेखि कर्जा प्रवाहको मामलामा निकै अगाडी रहेको एनआईसी एशिया बैंकले यस प्रदेशमा ग्राहकको संख्या पनि दिनानुदिन थपिरहेको छ । जसका कारण लुम्बिनी प्रदेशमा एनआईसी एशिया बैंकको उपस्थिति अरु बैंकहरुको भन्दा उत्कृष्ट छ । छोटो समयमा नै कर्जा प्रक्रिया सहज रुपमा पूरा हुनु, लाखौँ ग्राहकहरुले विश्वास गर्नु, र यो प्रदेशमा रहेका कर्मचारीहरुले निरन्तर मेहेनत गर्नुले बैंकलाई यो प्रदेशमा थप शशक्त बैंकको रुपमा स्थापित हुन थप टेवा पुगेको छ ।
सुन्दर कर्णालीमा एनआईसी एशियालाई लिडर बनाउँदै राजन राज पोखरेल !
सम्भावनाको खानी हो कर्णाली प्रदेश । सँगै बिकटताको नमुना पनि हो कर्णाली प्रदेश । सम्भावनाका रेखाहरुसँग चुनौतिका उस्तै चट्टानहरुले गढाएको प्रदेशमा बैंकिङ सोचेजस्तो सजिलो हुने कुरै भएन । तर बिकटबस्तीहरुमा रहेका साखाहरुलाई व्यवस्थापन गर्ने कुरामा होस् वा बैंकिङको ‘ब’ नबुझेकाहरुलाई सेवा दिने कुरामा होस्, यो चुनौतिपूर्ण कामलाई राजन राज पोखरेलले निकै सुन्दर तरिकाले व्यवस्थापन गरेका छन् । साक्षर नभएका नागरिकहरुको संख्या पनि ठुलो भएको यो प्रदेशमा कतिपय त्यस्ता ठाउँहरु पनि छन्, जसले बैंक भन्ने बुझेकासमेत राम्रोसँग छैनन् । र यहि प्रदेशमा यस्ता संरचनाहरु पनि बनिरहेका छन्, जसलाई सबैभन्दा ठुलो कुरा नै बैंक हो । यो ग्यापका बीच काम गर्न कम्ति गाह्रो छैन । तर राजराज पोखरेलले यो चुनौतिलाई अवसरमा बदलेका छन् । र निरन्तर कर्णाली प्रदेशमा एनआईसी एशियालाई लिडर बनाउने अभियानमा खटेर लागेका छन् ।
तेजराज तिमिल्सीनाको कमाण्डमा सुदूरपश्चिममा लिडर एनआईसी एशिया !
कतिपय बैंकरहरु नै सुदूरपश्चिम भनेपछि बैंकिङका लागि धनगढी, कंचनपुर, अत्तरिया वा महेन्द्रनगर मात्र सम्झने गर्छन्। तर यथार्थ यो मात्र होइन । बिकट बैतडीदेखि बझाङसम्म, डढेलधुरादेखि बाजुरासम्म बैंकको उपस्थिति कम्ती चुनौतीपूर्ण छैन । तर तेजराज तिमिल्सीनाले सबै सम्भावित समस्यालाई ट्याकल गरेर सुदूरपश्चिममा बैंकलाई नम्बर १ बनाईरहन निकै मेहेनत गरिरहेका छन् । भूगोलका हिसाबले पनि देशको उपल्लो कुनामा भएकाले यो क्षेत्रमा बैंकिङ अरु प्रदेशको तुलनामा फरक खालको ‘टफ’ छ । तर सम्भावना नै सम्भावनाका बीचमा आएका समस्याहरुलाई समाधान गर्दै तेजराज तिमिल्सीनाको कमाण्डमा सुदूरपश्चिम प्रदेशमा एनआईसी एशिया लिडर बन्न सफल भएको छ । र त प्रदेशका सुगमदेखि दुर्गम ठाउँहरुमा पनि बैंकको सेवा उत्तिकै सबल र विश्वसनीय बनिरहेको छ । फरक संस्कृतिलाई बैंकिङमा ढाल्नु, नयाँ व्यवसायलाई साथ दिनु र लिएको ऋणलाई रिकभर गर्नु यो प्रदेशमा फरक खालको चुनौति छ । त्यसलाई पनि चिर्दै डिपोजिट संकलन, कर्जा विस्तार, ग्राहकको सन्तुष्टी र ग्राहक थप्ने मामलामा तेजराज तिमिल्सीनाको कमाण्डमा सुदूरपश्चिम प्रदेशमा एनआईसी एशिया बैंक लिडर बन्न सफल भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: