×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङमा मात्र होइन, सेलिब्रेसनमा खुसी बाड्ने मामलामा पनि अब्बल छ एनआईसी एशिया बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङमा मात्र होइन, सेलिब्रेसनमा खुसी बाड्ने मामलामा पनि अब्बल छ एनआईसी एशिया बैंक

Artha Sarokar

१२ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौँ । केहि दिनअघि एनआईसी एशिया बैंकका कर्मचारीहरुको बढुवा सुची फाइनल भयो । प्राय: यस्तो प्रमोसनको सूची अन्य बैंकहरुले सार्वजनिक नै गर्दैनन्। तर एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बढुवा हुने सबैलाई खुलेरै सार्वजनिक रुपमा बधाई दिए । एनआईसी एशिया बैंकमा बढुवा भएकाहरुले पनि थप खुसी थपिएको महासुस गरे सीइओको शुभकामना र बधाईबाट । जीवनको महत्वपूर्ण क्षणका रुपमा लिनेहरुलाई सीइओको यो कामले थप खुसी त दियो नै, यसले बैंक खुसी बाँड्ने मामलामा कति उदार छ भन्ने पनि प्रष्ट पार्यो । यो त एक उदाहरणमात्र हो, एनआईसी एशिया बैंकले यसरी थुप्रै खुसीका क्षणलाई थप खुसीमय बनाएको छ ।
ग्राहकको जन्मदिन होस् वा बैंकका कर्मचारीको, कर्मचारीको एनिभर्सरी होस् वा बढुवाको समयमा, एनआईसी एशिया बैंक खुसी बाँड्ने मामलामा सार्है अगाडी देखिन्छ ।
ग्राहकको खुसीमा आफु पनि खुसी हुन्छ एनआईसी एशिया बैंक !
जनमासलाई आफूसँग जोडेर साथीको अनूभुति गराइरहेको छ ‘एनआइसी एशिया बैंक’ले । जसले सुविधासम्पन्न सहरदेखि दुर्गम र विकट गाउँमा बस्नेहरुलाई साथी बनाएको छ । र हरेक कुरामा साथीले गर्ने जस्तै काम गरिरहेको छ बैंकले । हुना त बैंकको नारा नै हो, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ।’ बैंकले नारालाई आत्मसात गर्दै हालसम्म लाखौं ग्राहकलाई बैकिङ्ग पहुँचमा ल्याइसकेको छ । त्यति मात्र होइन, बैंकमा साथी हुनुमा र साथी बन्नुमा ग्राहकलाई गर्वको अनूभुति गराएको छ । गर्व यसकारण पनि कि, बैंकमा जोडिएका ग्राहकलाई बैंकले सुविधा नै सुविधा छुटैछुट दिएको छ । हरेक चाडपर्वमा ३० प्रतिशतसम्म छुट अफर ल्याउँछ । यसले एकातिर किनमेल गर्नेहरुमा जागरुकता ल्याएको छ भने अर्कातिर बैंकमा जोडिनुमा आनन्दित बनाएको छ ।
समाजमा पछिल्लो समय सपिङ गर्ने र गराउने कल्चर बस्दै आएको छ । ससाना कार्यक्रमदेखि ठूला चाडपर्वहरुमा सपिङ गर्नेहरु बढिरहेका छन् । बैंकले विशेषगरी नेपालीहरुले मनाउने चाडपर्व तथा सानाठूला कार्यक्रमका लागि बैकमार्फत जोडिँदा विभिन्न शिर्षकमा छुट दिने गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै किनमेलका लागि सहज पार्ने उद्देश्यअनुरुप विभिन्न शिर्षकमा छुट तथा नगद फिर्ता समेत दिदैं आइरहेको छ । यस्तै बैंकले ग्राहकलाई दिएको छुटमध्य हामी केही छुटको चर्चा गर्नेछौं । जसले बैंकमा मात्र खुसी छैन, छुट लिएका ग्राहकहरु निकै खुसी छन् ।
पर्वहरुमा छुटै छुटको बर्षा…
समयअनुरुप ग्राहकमैत्री योजना ल्याउँदै अघि बढिरहेको यस बैंकले गत दशैंमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको थियो । जसअनुसार बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुटको व्यवस्था गर्ने गरेको छ । बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा भुक्तानी एवं मोबाइल बैंकिङ्ग गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको थियो । बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको थियो । कोरोना माहामारीका कारण घरपरिवारसँग घुलमिल हुन नसकेकाहरुले दशैंतिहारमा यो योजनाको भरपुर सदुपयोग गरे ।
कोरोना त्रास जोखिम रहेकाले बैंकले आफ्ना ग्राहकलाई खुसी बाड्न र थप उत्साह भर्न डिजिटल कारोबारको योजना ल्याएको थियो । लकडाउनले यसलाई सफल पनि बनायो । यसअन्तर्गत ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै अघि बढेको बैंकले भाईटिकामा ग्राहकले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यही बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गर्नेहरुलाई दक्षिणा समेत थपेर उपहार स्वरुप पठायो । जसमा धेरैले आफ्ना दाजुभाइले दिएको रकममा थप सय रुपैयाँ बैंकको तर्फबाट उपहार स्वरुप पाए ।
भनिन्छ, नयाँ वर्षमा नयाँ जोश अनि जाँगर उस्तै । ग्राहकलाई नयाँ आशा, भरोसा एवमं उमंग प्रदान गर्ने हेतुले बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना ल्याएको थियो । यस्ता आकर्षक योजनाअन्र्तगत बैंकले सस्तो डिल, ग्यापू मार्केट प्लेसबाट विभिन्न सामग्री खरिद गर्दा नगद रकम फिर्ताका साथै छुटको पनि व्यवस्था दिएको हो । उपहार तथा सपिङका ग्राहकले पछिल्ला समय अनलाईन सपिङ बढि गर्ने र काठमाडौंदेखि बाहिरका सहरहरुमा समेत ई –कमर्शले यो सुविधा पुर्याउने हुँदा बैंकको यो सुविधा ग्राहकले सहजै उपभोग गरे ।
बैंकको डेबिट कार्ड प्रयोग गरी किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता
खल्तीमा एनआईसी एशिया बैंकको डेबिट कार्ड हुनेहरुका लागि अर्को छुटको पनि व्यवस्था गरेको छ । त्यो हो, डेबिट कार्ड प्रयोग गरी सस्तो डिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता । बैंकले डिजिटल बैंकिङ्गलाई प्राथामिकतामा राखेर ई–कमर्श प्ल्याटफर्म मार्फत साताको अन्तिम दिन किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रु पाँच सय सम्म ग्राहकलाई नगद फिर्ता पाउने व्यवस्था गरेको छ । यस बैंकको डेबिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकले उक्त नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ । यसका लागि ग्राहकले सामग्री खरिद गर्दा कुल रकम भुक्तानी गर्नुपर्नेछ । त्यसको सात कार्य दिनपछि बैंकले ग्राहकले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धी बैंक खातामा जम्मा गर्नेछ ।
प्रेम दिवसका दिन तारे होटलमा २० जना भाग्यमानीका लागि डिनरको व्यवस्था
पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेनटाइन्स डे, अर्थात्, प्रणय दिवसको दिन बैंकले ‘सेलिबे्रट वीथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको थियो । यो योजनाअन्तर्गत रहेर ग्राहकले मोबाइल बैकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, यूआर भुक्तानी तथा आइपिजि गेटवे च्यानलमार्फत कारोबार गर्ने ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकलाई तारे होटलमा भ्यालेन्टाइन्स डे का दिन डिनरको व्यवस्था गरेको थियो । लाखौं ग्राहकमध्य थोरैलाई छनौट गर्दा परेका २० जना मात्र होइन, यो व्यवस्थाले सबै ग्राहकको मनमा एनआइसी एशियाको साथमा कारोबार गर्ने हौसला समेत पुर्याएको छ ।
आमाबुबाको मुख हेर्ने दिन उपहार किन्दा ३० प्रतिशतसम्म छुट
हरेक वर्ष कुशे औशीको दिन देशभर आफ्ना बुबालाई मनपर्ने परिकार, कपडा वा बुबालाई मन पर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गर्छन् । ग्राहकसँग खुशी बाड्ँदै बैंकले गत वर्षको बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको थियो । हरेक बुबाआमा, आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीको लागि पसिना बगाउन अहोरात्र खटिरहन्छन् ।
हरेक बुबाहरू छोराछोरीका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बुबालाई सम्मान गर्नका लागि यस बैंकले ग्राहकलाई यस दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो । त्यसरी नै एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई आमाको मुख हेर्ने दिन केक तथा विभिन्न उपहार अनलाईन खरिद गर्दा १०% नगद फिर्ता दिएको थियो । यसरी नै साना कुराहरुमा पनि ठूलो खुसी बाँडेको छ बैंकले त्यसैले त हरेक बुबाआमादेखि छोराछोरीको मनमा बसेको छ विश्वास बनेको छ एनआईसी एशिया बैंक । र त साथीकै स्वरुप बनेको छ ।
कर्मचारीको एनिभर्सरीदेखि जन्मदिनसम्म खुसी बाँड्छ एनआईसी एशिया
हरेक कर्मचारीको एनिभर्सरीमा संस्थागत रुपमा वीस गर्ने कमै संसघसंस्थाहरु होलान् । त्यसमा पनि एनआइसी एशिया बैंक निकै अगाडी छ । कर्मचारीलाई थप प्रोत्साहन बाड्नकै लागि पनि बैंकले आफ्ना कर्मचारीको एनिभर्सरीमा शुभकामनाको सन्देश दिन्छ ।
त्यतिमात्र होइन, हरेक कर्मचारीको बर्थडेमा केक काटेरै मनाइदिन्छ । यसले कर्मचारीलाई पनि एनआइसी एशियामा आवद्ध हुनुमा गर्व गराएको छ ।
ग्राहकलाई पहिलो बर्थ–डे विस
एनआईसी एशियामा तपाईको खाता भएकै कारण बैंकले सबैभन्दा पहिलो जन्म दिन विस गर्ने गरेको छ । लाखौं ग्राहकको जन्म दिनमा बैंकले वीस गर्दै शुभकामनाका सन्देश म्यासेजमार्फत पठाउने गरेको छ ।
यसले ग्राहकलाई ‘मेरो बैंकले जन्म दिन वीस गर्यो’ भन्ने भावना जागृत गराएको छ । र त, बैंकप्रति ग्राहकहरु सन्तुष्ट छन् ।
हरेक पर्वको सामाजिक सञ्जालमा अपडेट र शुभकामना
आजभोलि सानाठूला चाडपर्वमा आफ्ना साथीभाइ आफन्तलाई शुभकामना दिने चलन छ । त्यसमा पनि सामाजिक सञ्जालको बढ्दो प्रयोगले अधिकांशले यस्तै सञ्जालमार्फत चाडपर्वको शुभकामना सन्देश पोष्टाउँछन् । यो त सामान्य कुरा हो । तर एनआईसी एशियाले अफिसियल रुपमा नै सामाजिक सञ्जालमा चाडपर्व लक्षित शुभकामनाका सन्देश अपडेट गरिरहेको छ ।
यसकारण पनि बैंकमा खाता भएकाहरुले महशुस गरिरहेका छन् कि बैंकले सामाजिक सञ्जालमा देशभर छरिएका ग्राहकमाझ शुभकामनाका सन्देश पुर्याइरहेको छ ।
सेयर लगानीमा सुरुवात गर्नेहरुलाई नि : शुल्क सेवाको खुसी
कोरोना लकडाउन यता डिम्याट खाता खोल्ने र आइपीओ भर्नेको संख्या ह्वात्तै बढेको छ । थोरै रुपैयाँ लगानी गरेर छोटो समयमै राम्रो प्रतिफल पाउने भएपछि सेयर बजारमा मानिसहरुको आकर्षण बढेको छ । तर, कतिपय बैंकहरुले डिम्याटदेखि सेयर किनबेच गर्ने ब्रोकर अकाउन्ट बनाउँदासम्मको शुल्क लिइरहेका हुन्छन् । तर एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजनाअनुसार खाता खोलेमा बैंकले क्यापिटलसँगको संयोजनमा तपाईको डिम्याट खाता खोलिदिन्छ । यसमा कुनै शुल्क लाग्दैन । त्यति मात्र होइन, यो खाता तपाईलाई बैंकले ५ वर्षसम्म निशुल्क नवीकरण गरिदिन्छ ।
कतिपय बैंकले ग्राहकले आइपीओ भर्दा १० देखि २५ रुपैयाँसम्म खाताबाट काट्छन् । आइपीओ परिहाले त ठिकै हो तर नपरेको खण्डमा हरेक आइपीओ बापत्को शुल्क तिर्दै ग्राहकहरुले हैरानी खेप्नुपर्ने बाध्यता पनि छ । तर एनआईसी एशियाका ग्राहकले निशुल्क आइपीओ भर्न सकिन्छ । नयाँ बन्ने ग्राहकका लागि पनि यो सुविधा बैंले दिएको छ । अरु कतिपय बैंकका ग्राहकले जस्तो यो हैरानी एनआइसीका ग्राहकले खेप्नु परेको छैन । र त उनीहरु ढुक्क छन् उनीहरु ।
घरघरमै दिएको सेवाले दिएको खुसी
‘तपाईको बुढेसकालको लाठी बन्न सक्छ बैंक खाता, किनकी घरैमा पुगेर दिनेछौं बैंकिङ्ग आवश्यकता ।’
परिवारका वृद्ध सदस्यको सुरक्षाका लागि एनआईसी एशिया बैंकमा न्यू प्रिमियम सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाताको सुविधा ल्याएको छ । जसमा बैंकका कर्मचारी आफैं घरघरमा पुगेर जेष्ठ नागरिकका लागि यो सुविधा दिइरहेका छन् । यो सुविधाअन्तर्गत रहेर बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा, होम बैकिङ्ग सुविधा, निशुल्क डेबिट कार्ड, निशुल्क इकमर्स एक्टिभेसन र अन्य धेरै सुविधाहरु दिइरहेको छ । यसकारण पनि सधै र सबैको मनमा बसेको छ, एनआइएसी एशिया र त साथीजस्तै बैंकका रुपमा स्थापित बनेको छ ।
यसरी नै बैंकलाई आमजनमानसले गरेको विश्वास र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । बैंकले हालसम्म ३ सय ५८ वटा शाखा विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी