काठमाडौं । निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ७६३.७३% ले बढेर ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने ५ करोड ७१ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म आउँदा खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि सञ्चालन नाफा ७५९.३७% ले बढेको छ ।कम्पनीको रिजर्भ कोष सामान्य घटेर १ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने चुक्त पूँजी २९.५०% ले बढेको छ ।
प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँ ३८ पैसाले बढेर ४५ रुपैयाँ १ पैसा पुगेको छ । पुस मसान्तसम्म निर्धनको प्रतिसेयर नेटवर्थ भने १९६ रुपैयाँ १९ पैसा छ ।