×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक लिमिटेडको १ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंक लिमिटेडको १ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबी बैंकले १ लाख ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ४७ हजार ९३७ कित्ता सेयर बिक्री खुला गरेका हुन् । जसमा संस्थापक सेयरधनी दयाराम भट्टराईले ९७ हजार कित्ता र मान बहादुर फागुले आफ्नो नाममा ५० हजार ९३७ कित्ता बिक्री खुला गरेका हुन् ।
यसको मूल्य भने तोकिएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आज (फागुन १० गते) देखि ३५ दिनभित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी