काठमाडौं । एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता संचालनमा ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्नेछन् ।
एनएमबी बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै मेरो सेयर, डिम्याट र आस्वा निस्शुल्क उपलब्ध गराउने जनाएको छ । त्यसैगरी यस योजना अन्तर्गत बैंकले ओम्नी च्यानल बैंकिङ्ग, क्रेडिट कार्ड र डलर कार्ड साथै डलर टप–अप मा निस्शुल्क सुविधा सहित डिजिटल कारोबारमा निस्शुल्क अन्तर बैंक फण्ड ट्रान्सफर एबीबीएस र वार्षिक १ हजार २०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक सुविधा दिइने बताइएको छ ।
यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ । बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएमहरू ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्