काठमाडौं । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो ।
तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रुपमा नन्कोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कोभिड क्रिटिकल युनिट १५ शैयाको छ । उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ ।नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’ को समेत सुरुवात गरेको थियो सो सेवा समेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ ।
सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहने समेत मिश्रले जानकारी दिए । उनकाअनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झै उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको झै विश्वस्तरीय स्वास्थ्य सेवा लिनसक्ने उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्