काठमाडौं । झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोक एरियाबाट नक्कली नेपाली नोटसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । बुधबार दिउँसो प्रहरीले उनीहरुलाई १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट पक्राउ गरेको थियो । उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्