काठमाडौँ । विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा (३८ हजार ९०० मलेसियन रिङ्गेट) सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो । उक्त विदेशी मुद्रा अवैधरूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्