×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : जीविकोपार्जनको लागि इट्टा फुटाउन बाध्य रामपुरमा युवा, बन्दीले बनाएका मुडा बिक्री गर्न लगिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : जीविकोपार्जनको लागि इट्टा फुटाउन बाध्य रामपुरमा युवा, बन्दीले बनाएका मुडा बिक्री गर्न लगिँदै

Artha Sarokar

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जीविकोपार्जन गर्न विभिन्न जिल्लाबाट पाल्पाको रामपुरमा आएका युवादेखि झापाको भद्रपुरस्थित जिल्ला कारागारका बन्दीहरुले तयार गरेका मुडा काठमाडौँसहितका बजारमा बिक्रिका लागी गाडीमा लैजाँदैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
जीविकोपार्जन गर्न विभिन्न जिल्लाबाट पाल्पाको रामपुरमा आएका युवा । युवाहरु यहाँ घर तथा भवन निर्माणको क्षेत्रमा दैनिकी मजदूर गरेर जीविकोपार्जन गरिरहेका छन् ।

झापाको भद्रपुरस्थित जिल्ला कारागारका बन्दीहरुले तयार गरेका मुडा काठमाडौँ सहितका बजारमा बिक्रिका लागी गाडीमा लैजाँदै ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा सञ्चालित सिलाइकटाइ तालिममा सहभागी महिलाहरु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० को आयोजनामा सञ्चालित तालिममा २० महिलाको सहभागिता छ ।

तुलसीपुर उपमहानगरपालिका– ५, ‘ङ’ लाइनस्थित चप्पल गोदाममा गएराति २ बजे आगलागी हुँदा पाँच जनाको मृत्यु । मृत्यु हुनेमा तुलसीपुर– ५ का करिब १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उनले बताए ।

निभे दाङका ईट्टा उद्योग । बर्षादले गर्दा पकाउन तयारी अवस्थामा राखेका ईट्टा बिग्रिएपछि अहिले दाङका सबै उद्योग निभ्न थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका– ३ का महिला परम्परागत माटाका खाना पकाउने चुलो निर्माण गर्दै । विवाह, भोजभतेर र घरायसी प्रयोगजनका लागि परम्परागत माटाका चुलोको प्रयोग हुने गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी