×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : डालो बुन्दै कञ्चनपुरका किसान, जीर्ण बन्दै धुञ्चेस्थित त्रिशुली खोलामाथिको पुल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : डालो बुन्दै कञ्चनपुरका किसान, जीर्ण बन्दै धुञ्चेस्थित त्रिशुली खोलामाथिको पुल

Artha Sarokar

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डालो बुन्दै कञ्चनपुरका किसानदेखि जीर्ण बन्दै धुञ्चेस्थित त्रिशुली खोलामाथिको पुलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

शुक्लाफाँटा नगरपालिका– ३ का थारु समुदायका व्यक्ति परम्परागत सीपको प्रयोग गरी बाँसको डालो बुन्दै । घरायसी सामान राख्नका लागि डालोको प्रयोग हुने गरेको छ ।


गोसाइँथान जाने धार्मिक मार्गको एक मात्र धुञ्चेस्थित त्रिशुली खोलामाथिको करिब ३५ वर्ष पुरानो जीर्ण बन्दै गएको झोलुङ्गेपुल । वर्षमा लगभग २५ हजारभन्दा बढी यात्रु आवतजावत गर्ने सो पुल समयमै मर्मत गरिदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित दोगहरामा चिसो बढेपछि आलुमा लागेको रोगबाट जोगाउन किटनाशक विषादी छर्दै स्थानीय कृषक ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४, बगरको जेल्टुङमा स्थानीय बासिन्दाले पालेका भेडा ।

कपिलवस्तुको खरेन्द्रपुर गाँउका स्थानीय बालबालिका लेङ्गडी खेल खेल्दै । कोभिडका कारण विद्यालय बिदा भएपछि बालबालिका मनोरञ्जनका लागि लेङ्गडी खेल्दै समय विताउदैआएका छन् ।

स्याङ्जाको वालिङ–१४ तमादीकी भगवती लुइँटेल परालको गुन्द्री बुन्दै । पछिल्लो समय प्लास्टिकका गुन्द्री, म्याटलगायत सामग्रीले परालको गुन्द्रीलाई विस्थापित गर्दै गइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी